Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राजेन्द्र महतो नेतृत्व समूहको प्रदर्शनमा प्रहरीको हस्तक्षेप (तस्बिरहरु)


1.2k
Shares

काठमाडौं । माईतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको छ ।

बुधबार डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगि आन्दोलन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खुला गर्, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर्, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर्, राष्ट्रिय मुक्ति क्रान्ती, हामीलाई रोक्ने तिमी को हो ? गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् ।