१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


विश्वकप क्रिकेट लिग टु मा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै


1.118k
Shares

काठमाडौं । आइसिसि पुरुष विश्वकप क्रिकेट लिग टु को खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । सन् २०२७ सम्म चल्ने लिग टु साइकलको यो पहिलो श्रृंखलाको छैटौं खेल हो ।

किर्तीपुर मैदानमा आइतबार बिहान सवा ९ बजे सुरु हुने यो खेल जित्दै नेपाल तालिकामा शीर्ष स्थानको नामिबियासँग दुरी घटाउन चाहन्छ ।

काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलामा ४ खेलबाट नामिबियाको ४ अंक भएको छ भने तीन खेलबाट नेपाल र नेदरल्याण्ड्सको समान २–२ अंक छ । श्रृंखलामा नामिबियाले नेपाललाई दुई पटक तथा नेदरल्याण्ड्सलाई एक पटक हराएको छ ।

नेदरल्याण्ड्सले एउटा खेलमा नामिबियालाई हराउँदा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । आठ टोली सहभागी लिग टु क्रिकेटमा शीर्ष चार स्थानमा आउने टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफयार खेल्न पाउनेछन् ।