Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


१९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


1.1k
Shares

काठमाडौं । राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका व्यक्तिमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४/२०७५ र आर्थिक वर्ष २०७५/२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डितविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैयाँ नोक्सानी भएको अख्तियारको दाबी छ ।