Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेकपा एसले गलत बाटो लियो, राष्ट्रिय महाधिवेशनमा सच्याउनु पर्छ : झलनाथ खनाल


871
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताउनुभएको छ ।

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो ।

समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताउनुभयो । सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवि वर्गको हित हुनै नसक्ने बताउनुभयो ।

सम्मानित नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने पनि दोहोर्‍याउनुभयो ।