Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा पूरक प्रस्ताव पेस


780
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव लगिएको छ ।

शंकर भण्डारीको नेतृत्वमा २२ जना सदस्यहरुले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै पुरक प्रस्ताव लगेका हुन् ।

फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका एजेण्डा तय गर्न बसेको वैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको विषय प्रवेश गराउन माग गर्दै पुरक प्रस्ताव लगिएको हो ।

शंकर भण्डारीको नेतृत्वमा बुझाइएको पुरक प्रस्तावमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौलालगायतको हस्ताक्षर रहेको छ ।

प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा ल्याउन माग गरिएको छ । उनीहरुले ‘महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन कार्यसमिति बैठकमा पुरक प्रस्ताव पेश गरिएको बताएका छन् ।