 
	    काभ्रे । काभ्रेको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ ।
अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव रोक्नुपर्ने बताउनुभएको छ ।
सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिंदै विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण नेपालमा सिर्जना गर्नुपर्छ भन्नुभयो ।
नेपालमा पहिलोपटक तीन दिने सम्मेलन भएको हो । भारतीय विश्वविद्यालय संघको आयोजना र काठमाडौं विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को सहभागिता रहेको छ ।
सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर विश्वविद्यालय सहकार्य, शिक्षा नीति आदि विषयमा छलफल हुने बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्