काठमाडौं । मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट माघ २८ देखि हुने भएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखरा क्रिकेट रंगशालामा खेल हुनेछ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले यसअघि दुई पटक खेल आयोजना गरिसकेको छ । यसवर्ष मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना र नेपाल क्रिकेट संघ -क्यान) को समन्वयमा तेश्रो संस्करणको खेल हुन लागेको हो ।
उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबीच हुनेछ । प्रतियोगितामा सात वटा प्रदेशबाट १÷१ र आयोजक मनमोहन मेमोरियल सेन्टरको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् ।
विजेता टिमले १ लाख नगद पुरस्कार पाउने छन् भने उपविजेता टिमले ५० हजार प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्