Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी जारी


286
Shares

काठमाडौं । निर्माण सामाग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” भैरहेको छ ।

प्रदर्शनीमा निर्माण क्षेत्रका नविनतम सामाग्री एवं प्रविधि प्रदर्शनमा राखिएका छन् । यसै अवसरमा एच.आर गोयल ग्रुपले आफ्ना अत्याधुनिक उत्पादन पनि प्रदर्शनमा राखेको छ ।

कम्पनीले डल्फिन विटुमिनका साथै सडक निर्माण कार्यकालागि आवश्यक केमिकल, माईक्रो सिलिका, आर्मेन्टका उत्पादन, वाटर प्रुफिङ केमिकल आदि पनि प्रदर्शनमा राखेको छ ।

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्वस्तरीय गुणस्तरको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी आपूर्ति तथा बजारीकरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिनलगायतका उत्पादन बिक्री वितरण गर्दै आईरहेको कम्पनीको दाबी छ ।