१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य


1.079k
Shares

काठमाडौं । आइसिसी यु-१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७ रन बनाएको हो ।

भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय खेले । सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । उदयले सय रन बनाए । उनले १०७ बलमा नौ चौकाको सहयोगमा शतक बनाए ।