Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


वालिङ महोत्सव सुरु


455
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ ८औं वालिङ महोत्सव सुरु भएको छ ।

वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा भएको महोत्वसको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घघाटन गर्नुभयो ।

महोेत्सव उद्घघाटन गर्दै मुख्यमन्त्री पाण्डेले मेला महोत्सवले स्थानीय उत्पादन विक्रीमा सहयोग पुग्ने बताउनुभयो । यस्तै, वालिङ उद्ययोग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले जिल्लावासीलाई महोत्सवको अवलोकन गर्न आग्रह गर्नुभयो ।

महोत्सवमा कृषि, पर्यटन, कला संस्कृतीकाका साथै स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । महोत्सव माघ २८ गतेसम्म चल्ने छ ।