३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो : जसपा अध्यक्ष यादव


78
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताउनुभएको छ ।

समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको आरोप लगाउनुभयो ।

मधेसी जनताले शासक वर्गको रवैयाविरुद्ध गरेको भिषण विद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेसप्रतिको रवैया अझै सुध्रिन नसकेको दावी गर्नुभयो ।

समथल भुभाग, उर्वर भुमि जस्ता विकासका आधारभुत तत्वहरु मधेशमा भए पनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको अध्यक्ष यादवको निचोड थियो ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भइरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेसले विकास निर्माणमा फड्को मार्न नसक्ने बताउनुभयो ।