
इलाम । इलाम गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको जनाइएको छ ।
इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा माघ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले बताएका हुन् ।
प्रतियोगिताका लागि आवश्यक पर्ने अस्थायी प्याराफिट निर्माण, टिम व्यवस्थापन, टिकेटिङ, पुरस्कार व्यवस्थापन लगायतका तयारी पूरा भएको आयोजकले जनाएका छन् । कोभिडका कारण पछिल्ला केही वर्ष आयोजना हुन नसकेको जिल्लाकै ठूलो फुटबल प्रतियोगिता अहिले भने इलामकै रेडहर्स फुटबल क्लबले आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा ८ वटा टिमबीच प्रतिष्पर्धा हुनेछ । विजेताले ५ लाख पाँच हजार पाँचसय पाँच रुपैयाँ र उपविजेताले ३ लाख तीनहजार तीनसय तीन रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्