Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि काठमाडौं मेडिकल कलेजले गरेको निलम्वन तत्काल फिर्ता गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिनुभएको हो ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्वन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीहरुलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौं मेडिकल कलेजलाई बोधार्थ समेत दिनुभएको छ ।