१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


विद्युत महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न प्राधिकरणको आह्वान


117
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र टं«क लाइनबाट बिजुली प्रयोग गरी महसुलको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुलाई किस्ताबन्दीमा बक्यौता बुझाउन आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्तो प्रयोजनका लागि एक महिनाभित्र निवेदन दिन भनेको हो ।

प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दी दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले विलको भुक्तानी नगरेको भन्दै केही उद्योगहरुको बिजुली काटेको छ । सोमबार पनि हुलास स्टिलको लाइन काटिएको छ भने बक्यौता नतिरेका अरु ग्राहकको पनि लाइन काट्ने प्राधिकरणले चेतावनी दिँदै आएको छ ।