३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री दाहाल


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको बक्यौता रकम भुक्तानी हुने बताउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताउनुभयो । उहाँले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताउनुभयो ।