 
	    काठमाडौं । नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ.सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो ।
पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौं आज लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले हारेको चितवन आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि हिजोको खेलमा स्पोर्टीङ इलामले झापा एफ.सी.लाई १–० ले हराएको छ ।
कोशी प्रदेशका दुई टोलीबिचको भिडन्तमा इलामलाई विजयी गराउन सेनेगलका खेलाडी अमथ एन्दवाले ८७ औं मिनेटमा निर्णायक गोल गरे ।
दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा नौ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्