
काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल भएको छ ।
बैठकमा सहभागी सांसदहरुले सरकारी तथा नीजि अस्पतालको सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनीहरुले अस्पतालका उपकरणहरु पुराना भएकाले तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सहभागी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिकांश अस्पताललाई पुराना उपकरण विस्थापित गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
सतितिका सदस्यहरुले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था निकै कमजोर भएकाले त्यसमा सुधार गर्न सुझाव दिए ।
समितिले विधेयकमाथि सरोकारवालाहरुसँग पनि छलफल गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्