Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी विवाद टुंग्याउने : प्रधानमन्त्री दाहाल


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ ।

नेकपा (एमाले)ले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरूसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूले छलफल गरेको र छलफल सकारात्मक रहेको आफूले महसुस गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन आफूहरू स्पष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

Skip This