काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सञ्जिला कुमारी यादवलाई मधेश प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाको समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।
बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारिले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्