Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट


182
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उहाँले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो ।

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गर्नुभएको थियो । यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्नुभएको थियो ।

चार दिने नेपाल भ्रमणका क्रममा रहनुभएका उहाँले सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलवार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।