काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज अफ्रिकी मुलुक अंगोला प्रस्थान गर्नुभएको छ ।
९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना अंगोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४७ औँ महासभामा भाग लिन जानुभएको हो । शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० सम्म (आईपीयू) को १ सय ४७ औँ महासभा हुँदैछ ।
महासभामा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौँदी र जीतेन्द्रनारायण देव छन् भने प्रतिनिधिसभाबाट रुपासोसी चौधरी र सन्तोष परियार रहेका छन् ।
त्यस्तै, संघीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन । महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया दिनुहोस्