काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौति रहेको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री महतोले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्याहरु सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्