५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण भूमिका रहेको परिषद् आफैं थला


0
Shares

काठमाडौं । स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो ।

स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न स्वास्थ्य अनुसन्धानले अग्रणी भुमिका निर्वाह गर्दछ । अनुसन्धानलाई थप प्रभावकारी, गुणस्तरीय र विश्वसनीय बनाउन तथा जनस्वास्थ्यका पछिल्ला चुनौतिको सामना गर्न समयानुकुल प्रविधि, पूर्वाधार, जनशक्ति र स्रोत-साधन आवश्यक छ ।

तर, अहिले स्वास्थ्य अनुसन्धान तिब्र गतिमा हुन सकेको छैन । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली परिषद्को अनुसन्धान शाखा नै एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँले डाक्टरहरुसँग ट्रिटमेण्ट गर्ने प्रोटोकल प्लानहरु केही पनि नरहेको बताउनुभयो ।

अस्पतालका तथ्यांकहरु व्यवस्थित छैनन । यसका लागि प्रोजेक्ट डिजाइन गरेर जानुपर्ने हुन्छ । डाक्टरहरुसँग ट्रिटमेण्ट गर्ने प्रोटोकल प्लानहरु केही पनि छैन । त्यसको लागि डाटा बेस स्टडी गर्न जरुरी छ । र, यसको लागि रजिष्ट्रि चाहिने डा.ज्ञवालीले उल्लेख गर्नुभयो । विनियमावली र ऐन संशोधन नहुँदासम्म काम गर्न सजिलो नरहेको ज्ञवालीले उल्लेख गर्नुभयो ।