१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बस्नेगरी बोलाइयो


234
Shares

विराटनगर । कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको छ ।

असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने गरी सूचना जारी गरेको हो । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीद्वारा जारी सूचनामा असोज २० गते अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक कार्तिक १ गते बुधवार बस्नेगरी बोलाइएको उल्लेख छ ।

सो बैठकमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।