Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


आवासीय विद्यालय सञ्चालनार्थ महायज्ञ


377
Shares

पाँचथर । विपन्न परिवारका विद्यार्थीहरुलाई आवासीय विद्यालय सञ्चालन गर्न पाँचथरको हिलिहाङ गाउँपालिका– ७ टारीमा महायज्ञ सञ्चालन गरिने भएको छ ।

फिदिममा आज पत्रकार सम्मेलन गरी आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म एक हप्ते महायज्ञ संचालन गरिने आयोजक पुराण मुल समारोह समितिले जनाएको हो ।

कार्यक्रममा वोल्दै समितिका संयोजक तथा विद्यालय व्यस्थापन समिति अध्यक्ष तिलविक्रम इधिंगोले वडामा रहेका विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीका लागि आवासीय विद्यालय संचालन गर्ने लगायतका उद्देश्य राखेर महायज्ञ संचालन गर्न लागिएको बताउनुभयो ।

अनुमानित ७ लाख रुपैया खर्च लाग्ने तथा ३० लाख रुपैया महायज्ञबाट संकलन हुने अपेक्षा राखिएको बताइएको छ ।

Skip This