काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रसारण लाइनका ठेक्का रद्द भएका छन् ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द गरेको हो । एमसीए नेपालले बिहिबार एक सूचना जारी गर्दै ठेक्का रद्द गरेकोबारे जानकारी दिएको हो । यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव रहेकाले ठेक्का रद्द गरिएको सूचनामा उल्लेख छ ।
ठेक्कामा सबै कम्पनीका आवदेन लागत अनुमान भन्दा ६० प्रतिशतसम्म महँगो परेको थियो । लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (११७ किमि) पहिलो खण्ड, रातमाटे–न्यु दमौली (९० किमि) दोस्रो खण्ड र न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो ।
आयोजना महंगो पर्ने देखिएसँगै अर्थमन्त्री डा. महतले पनि चासो देखाउनुएको थियो भने एमसीसी प्रमुख पनि भर्खरै नेपाल आउनुभएको थियो । अब पुनः ठेक्कामा जानुपर्ने भएसंगै योजना समयमा नै पूरा गर्न चुनौती थपिने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्