Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


अबका आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छ : उद्योगमन्त्री रिजाल


143
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरण जस्ता कार्यक्रममा सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले सरकारका विभिन्न प्रयासका बाबजुद कोभिड १९ लगायतका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्तारचढावका कारण देशभित्रका आर्थिक गतिविधि सुस्त हुँदा राजश्व संकलन र पुँजीगत खर्चमा कमी आएको बताउनु भयो । उहाँले वैकल्पिक रोजागारीका लागि अबका आर्थिक नीतिहरु लक्षित हुनुपर्ने बताउनु भयो ।

उहाँले युवाको लागि उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा कर्जामा दिइएको अनुदान कार्यको निरन्तरता, एवं कृषि पर्यटन, जलश्रोत, वन, जडिबुडी र खनिजलाई आधार बनाइ उद्यमशीलता विकास तालिम सहुलियतपूर्ण कर्जाको सहज वातावरण निर्माण गरी युवा उद्यमशीलतालाई माथि उठाउने नीति कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वन र कृषि क्षेत्रमा सुधार गरेर मात्रै देशको आर्थिक अवस्था सुदृढ हुने बताउनु भयो । उहाँले कृषि र वन क्षेत्रलाई व्यवस्थित नबनाइकन देशले फड्को मार्न नसक्ने बताउनु भयो ।
अध्यक्ष गोल्यानले कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुनु राम्रो नभएको बताउनु भयो ।

Skip This