१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तीन तहका सरकारबीच समन्वय नहुँदा शासकिय प्रणाली प्रभावकारी हुन सकेन : महेश्वर काफ्ले


91
Shares

काठमाडौं । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले तीन तहका सरकारबीच समन्वय नहुँदा शासकिय प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा कार्यवाहक महालेखा परीक्षक काफ्लेले संघीय संरचना अनुसार तीन तहका सरकारबीच समन्वय नहुँदा विकास निर्माणका काममा समेत दोहोरोपन र शासकिय प्रणाली प्रभावकारी नभएको बताउनुभएको हो ।

उहाँले संवैधानिक निकायहरुको कार्यप्रगति भएको नभएको भन्दै स्थानीय तहमा शक्ति सन्तुलन र नियमन स्पष्ट नभएकाले शासकीय प्रणाली प्रभावकारी नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आर्थिक वृद्धिदर न्युन, आयातमुखी कमजोर नियमन र अनुगमन भएको भन्दै अर्थतन्त्रका समग्र सूचकहरु सकारात्मक नभएको बताउनुभयो ।

उहाँले सार्वजनिक प्रशासन र सुशासन नतिजामुखी हुदाँ सेवा प्रवाह प्रभावकारी नभएको उल्लेख गर्नुभयो । उहाँलेवित्तीय व्यवस्थापनमा स्रोत प्राप्ति र उद्देश्य मुलक हुन सकेको भन्दै वैदेशिक साहयताको उपयोग प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो। उहाँले दिगो विकासलाई सरकारले आत्मसाथ गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले संघीय,प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाव यथार्थ नभएको बताउनुभयो । उहाँले संघीय,प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाव यथार्थ नहुँदा मौज्दात ऋणात्मक रहेको बताउनुभयो ।

उहाँले देशको सञ्चित कोषको हिसाव नमिल्दा देशको समग्र अर्थतन्त्रका सूचकहरु सकारात्मक नभएको बताउनुभयो । उहाँले आर्थिक वृद्धिदर,मूल्यवृद्धि,आयात र निर्यात समेत अपेक्षित नरहेको बताउनुभयो । उहाँले १५ औं योजनाको लक्ष्य अनुसार कार्यान्वयन हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति समेत न्युन रहेको बताउनुभयो ।