काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा फसेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक पनि अहिले मन्त्रालयमा बसिरहेको छ ।
इजरायलको समग्र वस्तुस्थितिको मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत–जावत सुचारू भइरहेकाले वस्तुगत अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिइने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन नेपालीहरुलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्