काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले दशैंमा कुनै किसिमको दंगा हुन नदिन सांसदहरुले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले दशैंलाई आ–आफ्नो किसिमले मनाउने परम्परा रहेको भन्दै सोही अनुरुप मनाउन आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले दशैंको बेलामा कुनै दंगा हुन नदिन सांसदहरुले पहल लिनुपर्ने बताउनुभयो । सांसद चौधरीले सांसदहरुले स्थानीय प्रशासनसँग समन्वय गर्नपर्ने पनि बताउनुभयो ।
सांसद चौधरीले जनतामा धार्मिक विखण्डन गराउन खोजिएको भन्दै यसको जिम्मेवारी सरकारले मात्रै नभएर सांसदहरुले पनि लिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्