Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


जसपाको दाङमा आज प्रदेशस्तरिय भेला


156
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशस्तरिय भेला बोलाएको छ ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार समिति, संघीय परिषदका सदस्यहरुलाई प्रदेशस्तरिय भेलामा बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ । त्यसै सिलसिलामा दाङको लमहीमा डाकिएको भेलाले प्रदेशको सांगठनिक योजना तर्जुमा गर्नुका साथै लुम्बिनी प्रदेश समिति समेत पुनर्गठन गर्ने छ ।

भेलामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला तथा पालिका, जनवर्गीय संगठनका अगुवा कार्यकर्ताहरुको समेत उपस्थिति रहने बताइएको छ ।

Skip This