Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न


273
Shares

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो ।

पत्रकार र कर्मचारीबीच भएको फाइनल खेलमा पत्रकारले २–१ को सेटमा कर्मचारीलाई पराजित गरेका छन् ।

२०३८ सालदेखि जिल्लामा विभिन्न दिवसको अवसरमा हुने मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीले विजय हासिल गर्दै आएकोमा यस पटक पत्रकार महासंघ अर्घाखाँचीको टिम विजयी भएर नयाँ रेकर्ड कायम गर्न सफल भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ऋषव अधिकारीले जानकारी दिनुभयो ।