काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चीन सरकार सकारात्मक रहेको दाबी गर्नुभएको छ ।
शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा उहाँले आफूले आयोजनाका लागि एक अर्ब रुपैयाँ छुट्याएको र चीन सरकार थप लगानी गरेर सुरुङमार्ग बनाउन सकारात्मक रहेको बताउनु भएको हो ।
चीनसँग त्यस विषयमा पत्र आदान–प्रदान भइसकेको भन्दै अर्थमन्त्ती महतले आगामी साता प्रधानमन्त्री दाहालले गर्ने चीन भ्रमणमा यो आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
चीनसँग सम्झौता भए तत्काल डिपिआर बनाउने प्रक्रिया सुरू हुने भन्दै उहाँले सो सडक सञ्जालबाट नुवाकोट सदरमुकाम विदुरसम्म मात्र नभई रसुवासम्मै सडक स्तरोन्नति हुने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्