Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मधेसमा संगठन विस्तार अभियान उद्घाटन गर्दै जसपा


468
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

भोलि नकपुर उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश सभा सदस्य, मधेस प्रदेश परिषद् सदस्य, मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष, जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

कार्यक्रमको उद्घाटन बिहान ११: ३० बजे हुनेछ । जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।