Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु एमाले सांसद भट्टराईको माग


78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोप समेत लगाउनु भयो ।