३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


स्पेनिस फुटबल प्रमुखमाथि राजीनामाको दबाब


390
Shares

काठमाडौं । स्पेनिस फुटबल महासंघका क्षेत्रीय नेताहरूले आफ्ना अध्यक्ष लुइस रुबियालेसलाई राजीनामा दिन आग्रह गरेका छन् ।

स्पेनले महिला विश्वकप फुटबल जितेपछि खुशियाली मनाउनेक्रममा खेलाडी जेनी हर्मोसोलाई रंगशालामै चुम्बन गरेपछि फुटबल संघका अध्यक्ष रुबियालेसको अहिले व्यापक आलोचना भइरहेको छ ।

रुबियालेसको बलजफ्ती चुम्बन गरेका भन्दै ३३ वर्षीय खेलाडी हर्मोसोले विरोध जनाएलगत्तै विश्वको फुटबल जगत एवं महिला अधिकारवादीहरु आन्दोलित भएका छन् । यो घटना यौन दुव्र्यवहारको अपराध हो कि भनेर स्पेनी अभियोजनकर्ताहरूले अनुसन्धान थालेका छन् । स्पेनको खेलकुद न्यायाधिकरण (टी.ए.डी) ले पनि यो प्रकरणमा छानविन सुरु गरेको छ ।

रुबियालेसले भने राजीनामा नगर्ने जिद्दी गर्दै खेलाडी हर्मोसोसँगको आपसी सहमतिमा चुम्बन भएको दाबी गरेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शनिबार रुबियालेसलाई निलम्बन गरेको छ ।

हिजो स्पेनीस फुटबल महासंघका क्षेत्रीय अध्यक्षहरुको आकस्मीक भेलाले रुबियालेसलाई राजिनामा दिन आग्रह गरेको छ । उनीहरुले अन्तरिम प्रमुख पेड्रो रोचालाई पूर्ण समर्थन रहेको बताउँदै स्पेनीस फुटबल महासंघको व्यवस्थापनमा फेरबदल गर्न आह्वान गरेका छन् ।