Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


सरकारप्रति अध्यक्ष ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकालाई अझै शहीद घोषणा गरिएन


104
Shares

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरुलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय बहरमहलमा आयोजित एक कार्यक्रमपछि उहाँले सञ्चारकर्मीमाझ मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरुलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौंता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराउनुभयो । उहाँले सरकारले सो मुद्दा फिर्ता लिनेगरी कानून निर्माणको काम अघि बढाएको जानकारी दिएपनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गर्नुभयो ।

कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तीको आन्दोलनलाई अझै तिब्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताउनुभयो । सोही अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झण्डोत्तलन गरेर गर्नुभएको थियो । नेता, कार्यकर्ताहरुले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।