Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिने सोच छ : मन्त्री बस्नेत


130
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले सरकारले मधेस प्रदेशको विरगञ्जलाई मिर्गाैला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताउनुभयो । त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरि काम अगाडी बढिहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिनेगरी कामहरु अगाडि बढेको र त्यसैको पाइलास्वरुप दुई अस्पतालकाबीचमा सहमति आदान प्रदान भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले यसै अनुरुप अन्य प्रदेशहरुमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानि, प्रदेश राजधानि र केही विकसित शहरहरुमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले आज भएको सहमति अनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिहरुलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीहरुमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताउनुभयो । अस्पतालहरुलाई पर्ने समस्याहरु समाधानका लागि मन्त्रालय सधै तत्पर रहेको बताउनुभयो ।