Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


कोशीमा एमाले नेतृत्वको सरकार बन्ने अध्यक्ष ओलीको दाबी


299
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आरामले नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।

शुक्रबार मोरङको विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष ओलीले कोशीमा एमालेको सरकार बन्ने दाबी गर्नुभएको हो । सत्ता गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्री बन्नु भएका कांग्रेसका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनु भयो।

ओलीले भन्नुभयो –‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको नमानेको देख्दा अचम्म लागेको छ ।’

अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने पनि उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले आर्थिक विकासका लागि सुशासनका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।