Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत


1.6k
Shares

एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।

विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए । ओल्गा कार्मोनाले २९ औं मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो ।

मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो । उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको मृत्यको खबर दिइएको थियो । उनको बुबाको मृत्यु विश्वकपको दिन आईतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।