२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


टी–ट्वान्टी महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा हङकङ पराजित


4.264k
Shares


काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार भएको हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको सामान्य विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भएको थियो ।