Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


संगीत उद्योगको विकासमा सरकारले आवश्यक कदम चाल्छ : मन्त्री किराँती


65
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किराँतीले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनसक्ने भन्दै सरकारले संगीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतीसँग छुट्याएर राख्न नसकिने बताउनुभयो ।

मन्त्री किराँतीले विश्वबजारमा नेपाली मौलीक संगीतलाई चिनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कलाकारहरुले कलाकर्मीहरुलाई हौसलाको आवश्यक पर्ने भन्दै सरकारसँग हौसला प्रदान गर्ने काम गर्न आग्रह गरेका थिए ।

Skip This