
काठमाडौं । आयोजक अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा पराजित गर्दै महिला विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ ।
नाटकीय टाइब्रेकरमा अस्ट्रेलिया ७–६ ले विजयी रह्यो । शनिबार भएको खेलमा दुवै टिमले १०–१० पेनाल्टी प्रहार गरेका थिए । अस्ट्रेलियाका लागि कोर्टनी भिनेले दसौं प्रहारमा गोल गरिन् ।
त्यसअघि फ्रान्सका लागि नाओमी फेलर गोल गर्न चुकेकी थिइन् । अस्ट्रेलियाली गोलरक्षक म्याकन्जी आर्नोल्डले ३ प्रहार रोकिन् । उनी आफैं पनि गोल गर्न असफल रहिन् । यसअघि निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
शनिबार भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले कोलम्बियामाथि २–१ को जित निकालेको छ । कोलम्बिले लिएको अग्रतालाई उल्टाउँदा इंग्ल्यान्डले विश्वकप फुटबलको क्वार्टरफाइनल यात्रा सुरक्षित गरेको हो ।
इंग्ल्यान्डले अब अन्तिम चारमा अस्ट्रेलियाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्