Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन ल्याइएको गृहमन्त्री श्रेष्ठको भनाई


247
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रिपरिषदमा पेस हुने बताउनु भयो । उहाँले नागरिकता पाउने नेपालीहरुले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानूनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले अंगिकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गर्नुभयो ।