Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नागढुंगा-नौबिसे सुरुङ मार्गको आकस्मिक रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’


5.7k
Shares

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ ।

सोमबार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम पूरा भएको हो ।

सुरुङ मार्ग निर्माणको क्रममा एक मिटर रेस्क्यु टनेललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।

ब्रेक थ्ररूमा उपस्थित कार्यक्रमा बोल्दै मन्त्री ज्वालाले नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थु्र’ भएसँगै नेपालको यातायात क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको बताउनु भयो। मन्त्री ज्वालाले नेपाल पहाडले भरिएको देश भएकाले छिटो छरितो यातायातको लागि देशमा सुरुङ मार्गको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक रेस्क्यू टनेल ‘ब्रेक थ्रु’ भएको र केही महिनापछि मुख्य टनेलको पनि ‘ब्रेक थ्रु’ गरिने बताउनुभयो । उहाँले सरकारले नियमित रुपमा अनुगमन गरी सुरुङ मार्ग निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गरी एक वर्षभित्रै टनेलमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री ज्वालाले नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुँदा अत्यन्त गौरवको अनुभूमित भएको बताउनुभयो । उहाँले आजको दिन नेपालको यातायात क्षेत्रको लागि ऐतिहासिक दिन भएको पनि उल्लेख गर्नुभयो । मन्त्री ज्वालाले नेपाल सरकार अब निरन्तर रुपमा सुरुङ मार्ग निर्माणको अभियानमा लाग्ने बताउनु भयो । उहाँले सुरुङ मार्ग बनाउन सहयोग गर्ने जापान सरकार जाईकालाई धन्यावाद दिनुभयो ।

सोमबार ब्रेक थ्रु भएको रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको भने २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम करिव १८ प्रतिशत बाँकी रहेको छ । नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माणको काम जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको साढे १३ अर्ब रुपैयाँको सहयोगमा निर्माण भएको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् । उक्त आयोजना २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, कोरोना, लकडाउन र मुआब्जालगयतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो ।