
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाएको छ ।
भारत जाने खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन् ।
त्यस्तै ब्याट्सम्यानहरुमा विनोद भन्डारी र लोकेश बम रहेका छन् ।
स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवलाई विशेष प्रशिक्षणका लागि भारत पठाइएको क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्