
काठमाडौं । जापानले नर्वेमाथि ३–१ को शानदार जित निकाल्दै महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । गुरो रेटेनले नर्वेलाई लागि बराबरी गोल फर्काइन । त्यससँगै पहिलो हाफ बराबरीमा टुंगेको थियो । त्यसपछि जापानका लागि सिमिजु र मियाजावाले क्रमशः दोस्रो हाफको ५० र ८१ औं मिनेटमा गोल गरेका थिए ।
अब जापानले अर्को चरण प्रवेशका लागि अमेरिका र स्वीडेनबीच हुने अर्को क्वाटरफाइनलको विजेताको सामना गर्नेछ । शनिबार भएको अर्को खेलमा स्विटजरल्यान्डमाथि जित निकाल्दै स्पेनले पहिलो क्वाटरफाइनल यात्रा तय गरेको छ ।
स्पेनले अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । अब स्पेनले अन्तिम आठमा प्रवेशका लागि नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्