२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्तलाई तीन कांस्य पदक


130
Shares

काठमाडौं । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य पदक जितेका छन ।

‘डेब्यु’ अन्तराष्ट्रिय प्रतियोगितामै हेमन्तले मंगलबार पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका हुन् ।

हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जनाएका छन् ।

भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरेका थिए । हेमन्तको प्रतिस्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए ।

उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।

प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।