२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा


1.313k
Shares

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले मंगलबार सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिनु भएको हो । उहाँले उपसभामुख सिर्जना दनुवारलाई आफ्नो राजीनामा बुझाउनु भएको हो । कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्री बनाउ र उहाँबको पक्षमा बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिनु भएको हो ।

थापाको नेतृत्वमा सरकार बनाउने केन्द्रीय सत्ता गठबन्धनले निर्णय गरेको छ । सुरुमा राजीनामा नदिने बताउँदै आउनु भएका गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको को सल्लाह र आग्रहमा राजीनामा दिनु भएको हो । गौतमले राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्न जाने तयारी गर्नुभएको छ । गौतमको राजीनामाले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ ।

९३ सदस्यीय कोशी प्रलेश सभामा एमालेका ४०,नेपाली कांग्रेसका २९,माओवादीका १३, राप्रपाका ६, नेकपा एककिृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद रहेका छन् । सरकार गठनमा बहुमत पुर्‍याउन ४७ जनाको समर्थन चाहिन्छ ।

सभामुख गौतमको समेत समर्थनमा मुख्यमन्त्री बन्नु भएका कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको अवस्था आएको हो । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि मंगलबार साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । सभामुख गौतमले तटस्थ भूमिका निर्वाह नगरी कांग्रेस नेता थापालाई सरकार बनाउन हस्ताक्षर गरेको भन्दै गत असारमा एमाले कोशी प्रदेश संसदीय दलका नेता एबं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वाेच्चमा रिट निवेदन दिनु भएको थियो । त्यसको सुनुवाई गर्दै सर्वाेच्चले गत हप्ता थापाको मुख्य मन्त्री नियुक्ति बदर गरेको थियो । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गत शुक्रबार आजको समयसीमा तोकेर आव्हान गर्नु भएको थियो ।