Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


फोनपेद्वारा विजेतालाई पुरस्कार प्रदान


741
Shares

काठमाडौं । नेपालको भुक्तानी प्रणाली संचालक फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ योजनाको बिजेता घोषणा गरेको छ।

यो योजना अन्तर्गत अनुप सिकर्मी बिजेता बनेका छन् । सिकर्मीलाई आइफोन १३ मिनी हस्तान्तरण गरिएको छ।उनलाई नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ मिनी हस्तान्तरण गरेका थिए। भुक्तानीमा विभिन्न विद्युतीय माध्यमहरूले नेपाललाई नयाँ युगमा प्रवेश गराएको उल्लेख गर्दै प्रबन्ध निर्देशक घिसिङले पछिल्ला दिनमा प्रविधिले सबैको समय बचाउनुको साथै अन्य सहुलियत प्रदान गर्दै आएको बताए।

यस्तै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवसकुमारले संस्थाको लक्ष्य भनेको ग्राहकलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराइ विभिन्न सुविधा थप्दै जाने र भुक्तानी गर्ने पुराना माध्यममा रहेका अप्ठ्यारालाई सजिलो बनाउँदै लाने बताए।

यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अबधिभर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपेको बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको थियो ।